कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, ०८ : ०९
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।

प्रतिक्रिया दिनुहोस