जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै क्षेत्रबाट लड्नका लागि सक्षम रहेको बताएका छन्।
बिहीबार धनुषाको सहिदनगर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले बिना कुनै बैसाखी जसपा सबै क्षेत्रमा चुनाव लड्न सक्षम रहेको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको समय जसपाकै पहलमा पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै अध्यक्ष यादवले मधेसी आदिवासीलगायत उत्पीडित वर्गको सम्मान हुने गरी सिटको बाँडफाँड भए आफूहरू अझै गठबन्धनको पक्षमा रहेको बताए।
अहिले बजारमा आएको हल्लाजस्तो गठबन्धनमा सिटको बाँडफाँडमा कुनै सहमति नभएको समेत उनले स्पष्ट पारे। अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीले थुप्रै बेथितिहरू निम्त्याएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकाले निर्वाचनलाई संघर्षको रूपमा लिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव