चलचित्र ‘कोड नेम तिरंगा’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १४ : २७
चलचित्र ‘कोड नेम तिरंगा’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता हार्डी सन्धु र अभिनेत्री परिणीति चोपडा अभिनित चलचित्र ‘कोड नेम तिरंगा’ को ट्रेलर सार्वजनिक भएको छ ।

रिभु दासगुप्ताको निर्देशनमा बनेको चलचित्रमा परिणिती एकदमै फरक शैलीमा देखिएकी छन् । सार्वजनिक २ मिनेट ५५ सेकेण्ड लामो ट्रेरलमा परिणीतिले उत्कृष्ट एक्सन गरेकी छन् । परिणीतिले यो चलचित्रमा एजेन्टको भूमिका निर्वाह गरेकी छिन् । जसमा उनी धेरै देशको मिसनमा गएकी देखिनेछिन् ।

यस चलचित्रमा परिणीति र हार्डीका अलावा शरद केल्कर, दिव्येन्दु भट्टाचार्य, रजित कपूर, शिशिर शर्मा, सब्यसाची चक्रवर्ती र दिशा मारिवाला जस्ता कलाकारको अभिनय रहेको छ ।

१४ अक्टोबर २०२२ मा रिलिज हुने चलचित्रको कथा निर्देशक दासगुप्ता कै रहेको छ ।

प्रतिक्रिया दिनुहोस