काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए ।
रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठुलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए । ‘राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ’, लिङ्देनले भने, ‘नयाँ शिलशिलाको प्रारम्भ भएको छ । राप्रपा नविन राप्रपाका रुपमा जनतामा लैजाने अठोटमा थप गति प्राप्त गर्नेछ । राप्रपा अघि बढ्यो, यसको गति कसैले रोक्न सक्दैन ।’
उनले आफूहरूले पदको राजनीति नगरेको भन्दै गणतन्त्रका नाममा लुटतन्त्र चलेकाले त्यसको विकल्प खोज्ने मतदाताका लागि राप्रपा आशाको केन्द्र बनेको दाबी गरे । उनले काठमाडौ र धरानले मतदाता परिवर्तनको पक्षमा रहेको देखाएको भन्दै बाकस खोल्दा ठूला दलले बल्ल थाहा पाएको बताए । उनले कांग्रेस माओवादीमा रहेका नेताहरू नसुध्रने भन्दै ती पार्टीका कार्यकर्ताहरूलाई त्यही पार्टीमा बसेर पनि राप्रपामा मत हाल्ने छुट भएको र गरिखाने वर्गका लागि हलो साझा चुनाव चिह्न भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन