बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु