वातावरण पत्रकार समुह (नेफेज) मा चितवनकी रोशनी अधिकारी निर्वाचित

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १२ : ४२
वातावरण पत्रकार समुह (नेफेज) मा चितवनकी रोशनी अधिकारी निर्वाचित

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी महिला पत्रकार रोशनी अधिकारी निर्वाचित भएकी छन । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित भएकी हुन । 

समितिको उपाध्यक्षमा  गोपाल तिवारी,सचिवमा  प्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन भएका छन । यस्तैे सदस्यहरुमा टिका बन्दना ,अभयराज जोशी, सृष्टि काफ्ले , सुजाता कार्की , शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल चयन भएका छन । समितिको दुई वर्षे कार्यकाल हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस