काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौँको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । हराएको वास्तविक नम्बर बागमती प्रदेश०२–०२८प ७७८५ भए पनि उक्त नम्बर परिवर्तन गरी बा९०प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ ।
उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ । भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी