काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।
शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् । ‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् । ‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड