काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।
शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् । ‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् । ‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश