काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन्।
बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने र देशमा भोगिरहेका समस्या समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताए।
सम्मानित नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्ने सिक्न सकिने बताए।उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकाले चुनौती समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए।
उनले भने, ‘सूर्यबहादुर थापाको जीवन नेपालीले शिक्षा लिन योग्य जीवन हो। अहिलेको अवस्थामा हामी विगत पार गरेर आएका छौँ। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थामा आएका छौँ। विगतमा जसरी सम्भावना र चुनौतीहरु थिए। अहिले पनि सम्भावना र चुनौती दुवै छन्। चुनौतीहरुको सामना गर्नुपर्नेछ। हामीले यस्ता नेताहरुको जीवनीबाट कसरी यो देशलाई समृद्धितर्फ लैजाने भन्नेकुरा सिक्नुपर्छ। अबको अवस्थामा एउटा समृद्ध नेपाल निर्माण गर्ने उत्तरदायित्व हाम्रो सामु छ। त्यसलाई पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सुदृढ गर्नुपर्छ। देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने, देशमा भोगिरहेका जति पनि समस्या छन्, समाधान गर्ने, देशको स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने र आजको संविधानले भनेको जस्तो समृद्ध नेपाल, समाजवादी नेपाल निर्माण गर्ने दिशातर्फ अघि बढ्न आवश्यक छ।’
सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल