राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १५ : २८
राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

काठमाडौं । नागरिकता विधेयक प्रमाणित नगरेपछि चर्को विरोध भैरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् । 

बुधवार वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको जनाए ।

संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस