काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पहिलो नम्बरमा परेको छ । आ.व. २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा बैंक सम्मानित भएको हो ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफरको योजना