एजेन्सी । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । चलाएको बताए।
गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्यु भएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ असोज २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह