काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् ।
आयोगले असोज २ र ३ गते बन्दसूची बुझाउने मिति तोकेको थियो । तर, ३ गतेको कार्यालय समयमा समेत नसकिएपछि रातभरसमेत दर्ता गर्ने कार्यक्रम जारी रह्यो । अझै दर्ता अध्यावधिकको क्रम चलिरहेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका थिए तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएकामा हालसम्म ४८ दलले बन्दसूची बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्