काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खदा माला र फूलको गुच्छाको साटो गैती र बेल्चा उपहार ल्याइदिन आग्रह गरेका छन् । शनिबार सोसल मिडिया ‘हर्क साम्पाङ अ रिभोलुशन’मार्फत् मेयर साम्पाङले उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।
मेयर साम्पाङले खदामाला र फूलको गुच्छाको उपयोगिता नदेखेको उल्लेख गर्दै उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।उनले भनेका छन्, ‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैती र बेल्चा उपहार ल्याइदिनु । यो खदामाला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिन । जय श्रम! जय उत्पादन!’
मेयरको सपथ लिएसँगै हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने अभियान सञ्चालन गर्दै श्रम पर्यटनमा लागिपरेका छन् । साथै उनले सर्दुखोला लगायतबाट धरानमा पानी खसाल्न सफल पनि भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ