काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खदा माला र फूलको गुच्छाको साटो गैती र बेल्चा उपहार ल्याइदिन आग्रह गरेका छन् । शनिबार सोसल मिडिया ‘हर्क साम्पाङ अ रिभोलुशन’मार्फत् मेयर साम्पाङले उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।
मेयर साम्पाङले खदामाला र फूलको गुच्छाको उपयोगिता नदेखेको उल्लेख गर्दै उपहारमा गैती र बेल्चा ल्याइदिन आग्रह गरेका हुन् ।उनले भनेका छन्, ‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैती र बेल्चा उपहार ल्याइदिनु । यो खदामाला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिन । जय श्रम! जय उत्पादन!’
मेयरको सपथ लिएसँगै हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने अभियान सञ्चालन गर्दै श्रम पर्यटनमा लागिपरेका छन् । साथै उनले सर्दुखोला लगायतबाट धरानमा पानी खसाल्न सफल पनि भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ
मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी