एजेन्सी । इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।
सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ असोज २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली हमलामा इरानका केही शीर्ष नेता मारिएको ट्रम्पको दाबी
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
इजरायली हमलामा ७० जनाको मृत्यु