काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्न विषय विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
शुक्रबार केन्द्रीय कार्यायलय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको समिति सदस्य डिपी ढकालले जानकारी दिए ।
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समिति बैठकले नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, वाम बुद्धिजीवी, अर्थशास्त्री, विकास विज्ञ, मिडियाकर्मी लगायत अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले विभिन्न बिषय बाँडेर घोषणा पत्र निर्माण समितिका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ । ढकालका अनुसार समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र आफूहरुले घोषणा पत्रमा दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था