काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्न विषय विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
शुक्रबार केन्द्रीय कार्यायलय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको समिति सदस्य डिपी ढकालले जानकारी दिए ।
माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समिति बैठकले नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, वाम बुद्धिजीवी, अर्थशास्त्री, विकास विज्ञ, मिडियाकर्मी लगायत अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले विभिन्न बिषय बाँडेर घोषणा पत्र निर्माण समितिका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ । ढकालका अनुसार समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र आफूहरुले घोषणा पत्रमा दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन