काठमाडौं । निर्वाचन आयोगले आज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नावावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । सबैभन्दा बढी मतदाता मोरङ, झापा र काठमाडौंमा रहेका छन् । आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेका छन् ।
यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता रहेका छन् ।
प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा रहेका छन् । आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी रहेका छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह