काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने बताएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची २०७९ असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।
‘आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह