काठमाडौं । सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए ।
उनले विहान ६ः२५ बजेको समयमा घटना भएको र घटनाको अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन
१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही
विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी
नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्