इलाम । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले इलामका जनताले मत दिनेमा ढुक्क भएको बताएका छन् ।
सूर्योदय नगरपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रममा सहभागी हुन् आएका खनालले मुलुकको प्रगतिका लागि पनि जनताले आफूलाई मतदान गर्ने बताएका हुन् । नेता खनालले इलामे जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने बताए ।
उनले स्थानीय तह र अब हुने निर्वाचन फरक रहेको भन्दै यो निर्वाचनमा गठबन्दन दलका नेता कार्यकर्ता विभाजित नहुने बताए । निर्वाचन नजिकिर्दै गर्दा इलाम आइपुगेका उनले भने, ‘गणतन्त्रका पक्षधर, संविधानका पक्षधर, मुलुकमा स्थायीत्व प्रगतिका पक्षधर र सम्भव हुन्छ भने समाजवादका पक्षधरहरुलाई इलामे जनताले यस निर्वाचनमा सहयोग गर्नुपर्छ ।’
सत्ता गठबन्धनबीच कार्यगत एकता भएकाले कतिपय विषयमा मतभिन्नता हुनु स्वभाविक भएको खनालले बताए । प्रतिपक्षीको निरन्तरको अवरोधका कारण सरकारले काम गर्न नसकेको बताए । पाँच वर्ष संसदको भूमिकाबारे बोल्दै खानालले ओली सरकारको पालामा प्रतिपक्ष निदाएर बसेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल