नेपाली फिल्ममा डेब्यु गर्दै बलिउड अभिनेत्री सुफिया सिद्दिकी

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १२ : ०४
नेपाली फिल्ममा डेब्यु गर्दै बलिउड अभिनेत्री सुफिया सिद्दिकी

काठमाडौं । बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दिकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् ।
‘सायरा’ मंगलबार राजाधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो । कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको सुफिया सिद्दिकी फाइनल भएको जानकारी दिइयो । 

सिद्दिकी अहिले बलिउडमा छिन् । फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देश देखाइएको थियो । सन्देशमा उनले कार्यक्रममा आफु उपस्थित हुन नपाउदा दुःख ब्यक्त गर्दै नेपाली फिल्म अभिनय गर्न उत्साहित रहेको बताएकी थिइन् । 

‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी थिइन् ।
सिद्दिकी इरानकी मुलकी बासिन्दा हुन् । भारतमै हुर्केकी उनी मुम्बई बस्छिन् । भारतबाट एक अन्तर्राष्ट्रिय मोडेलको रुपमा समेत चिनिएकी उनले अन्तर्राष्ट्रिय फेसन सप्ताह लास भेगासको ब्रान्ड एम्बेसडर हालै जितेकी थिइन् । थुप्रै अन्तराष्ट्रिय प्रतियोगीता समेत जितेकी उनको नेपाली फिल्म अभिनयबाट पनि दर्शकको मन जित्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस