काठमाडौं । खानेपानीको अभाव भोगिरहेको धरान उपमहानगरपालिकामा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।
श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।
३ महिनाको श्रमदानमार्फत ल्याइएको पानी व्यवस्थित रुपले वितरण गर्ने प्रयास भइरहेको मेयर साम्पाङले बताए । सर्दुको पानी जोड्न बाँकी रहेकोले पानीको फोहोरा अझै बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ