श्रीलंकाविरुद्धको खेलमा नेपाली टिममा २ परिवर्तन

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, १७ : ०५
श्रीलंकाविरुद्धको खेलमा नेपाली टिममा २ परिवर्तन

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकासँग खेल्दै छ । यो खेलका लागि नेपाली टिममा २ परिवर्तन गरिएको छ । पहिलो खेलमा भुटानविरुद्ध खेलकी फरवार्ड सावित्रा भण्डारी मैदानमा देखिने छैनन् । भुटानविरुद्ध २ गोल गरेकी उनलाई डेंगु संक्रमण भएको छ ।

यस्तै अर्की फरवार्ड अमिसा कार्कीलाई पनि प्रशिक्षक कुमार थापाले बेञ्चमा राखेका छन् । उनीहरुको ठाउँमा रेखा पौडेल र रश्मिकुमारी घिसिङलाई पहिलो रोजाइमै मैदान उत्रने छन् ।

श्रीलंकासँगको खेल ४ गोल अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस