महाभियोगबारे बयान दिन सिंहदरबार पुगे जबरा

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १२ : ४६
महाभियोगबारे बयान दिन सिंहदरबार पुगे  जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन्।

चौथो दिनको बयान दिन जबरा केहिबेर अघि सिंहदरबार पुगेका हुन् । यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् । 

प्रतिक्रिया दिनुहोस