काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो ।
विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग