काठमाडौैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी सहकार्यबारे छलफल गरेका छन्।
ओली सचिवालयका अनुसार शुक्रबार नेता ठाकुरलाई भेट्न आफै गएका थिए । उनीहरुबीच आउँदाे मंसिर ४ गते हुने संघ तथा प्रदेशकाे चुनावमा गर्न सकिने तालमेलबारे कुरा भएकाे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे सचिवालयले जनाएकाे छ ।
एमालेले लोसपालाई केही सहयाेग हुने गरी नै सहकार्यकाे प्रस्ताव गरेकाे जनाइएकाे छ । तर नेता ठाकुरले भने त्यसमा तत्काल केही निर्णय दिएका छैनन् । तर सहकार्यका पक्षमा भने उनी सकारात्मक रहेकाे र छलफल पनि साेही अनुरुप भएकाे लाेसपाका एक नेताले जानकारी दिए ।
एमालेले आउँदाे चुनावमा आफू एक्लै लड्ने बताउँदै आए पनि तालमेलका लागि सम्भावित साना दलहरुकाे खाेजी भने गरिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली