काठमाडौैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी सहकार्यबारे छलफल गरेका छन्।
ओली सचिवालयका अनुसार शुक्रबार नेता ठाकुरलाई भेट्न आफै गएका थिए । उनीहरुबीच आउँदाे मंसिर ४ गते हुने संघ तथा प्रदेशकाे चुनावमा गर्न सकिने तालमेलबारे कुरा भएकाे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे सचिवालयले जनाएकाे छ ।
एमालेले लोसपालाई केही सहयाेग हुने गरी नै सहकार्यकाे प्रस्ताव गरेकाे जनाइएकाे छ । तर नेता ठाकुरले भने त्यसमा तत्काल केही निर्णय दिएका छैनन् । तर सहकार्यका पक्षमा भने उनी सकारात्मक रहेकाे र छलफल पनि साेही अनुरुप भएकाे लाेसपाका एक नेताले जानकारी दिए ।
एमालेले आउँदाे चुनावमा आफू एक्लै लड्ने बताउँदै आए पनि तालमेलका लागि सम्भावित साना दलहरुकाे खाेजी भने गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप