काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफूहरूले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार अबेर राति सकिएको बैठकले गरेको मधेस प्रदेश प्रचारप्रसार समितिका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
बैठकले जिल्लाबाट सिफारिस भएर आएका सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूको नाम रायसहित केन्द्रमा पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने, केन्द्रद्वारा तर्जुमा गरिने घोषणापत्रमा मधेसको आर्थिक, सामाजिक रुपान्तरणको लागि मुद्दाहरू समावेश गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्वर्गीय नेता प्रदीप गिरीको निधनप्रति दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै
कांग्रेस केन्द्रीय समिति बैठक सर्यो
कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी