काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफूहरूले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार अबेर राति सकिएको बैठकले गरेको मधेस प्रदेश प्रचारप्रसार समितिका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
बैठकले जिल्लाबाट सिफारिस भएर आएका सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूको नाम रायसहित केन्द्रमा पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने, केन्द्रद्वारा तर्जुमा गरिने घोषणापत्रमा मधेसको आर्थिक, सामाजिक रुपान्तरणको लागि मुद्दाहरू समावेश गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्वर्गीय नेता प्रदीप गिरीको निधनप्रति दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण