काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक (०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो ।
नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।
बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार