जनकपुरधाम । धनुषामा दिनदहाडै पैसा लुट्ने दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं-६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं- ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बुधवार लक्ष्मीनियाँ ४ सपहीस्थित रहेको मेगा बैँकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकाली बैँकबाट निस्केपछि दुबैजना लुटेर फरार भएका थिए।
अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि अनुसन्धान गर्दै जाँदा दुबैजना पक्राउ परेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। प्रहरीले लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा बरामद गरेको र सरोजबाट १ हजार ५ सय बरामद गरेको हो।
यस्तै, लुटपाटमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको पल्सर मोटरसाइकल बरामद गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक रजौरेले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञ सहायक पक्राउ