काठमाडौं । पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीयका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीले असोज १४ गतेसम्म आवेदन दिन पाउने म्याद राखेको छ । यदी सो मितिमा सेयर बिक्री नभए असोज ३० सम्म आवेदन मिति लम्ब्याइनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट