लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी

विहीबार, २३ भदौ २०७९, ०७ : ४५
लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको हो । 

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरे । यसै सिजनमा बार्सिलोना आएका उनी च्याम्पियन्स लिगमा तीनवटा फरक टोलीका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले यसअघि बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखका लागि ह्याट्रिक गरेका थिए । 

त्यस्तै खेलमा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । समूहकै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई पराजित गरेको छ ।