काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा गम्भीर भएर अनुसन्धान गरिने बताएका छन् । उनले पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् ।
जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने उनी बताउछन् । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । यही सन्दर्भमा कुरा गर्दै एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’
पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताउदैं उनले पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको र अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ