काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र 'सेटिङ'ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए ।
'कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्यो ? यसको जवाफ यहाँहरूले दिनुपर्छ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तर्आत्मालाई जीवनभर पोलिरहने छ,' उनले भने ।
कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भन्दै उनले प्रश्न गरेका छन् । यसका साथै उनले अदालतको फैसला भने मान्य बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा
मकवानपुरदेखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा
विभिन्न प्रकरणमा मुछिएका नेतालाई कारबाही गर्न गृहमन्त्रीलाई कमल थापाको चुनौती
कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा
देश भ्रष्टहरूका लागि स्वर्ग भयो, ब्यवस्था फेरौं : कमल थापा
मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक : कमल थापा