काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।
मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे । यी कम्पनीको सेयर मूल्य दोस्रो बजारमा क्रमशः ७.३२, ६.०२ र ५.५३ प्रतिशतले घट्न पुग्यो ।
मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी जलविद्युत् र सानिमामाई हाइड्रोको सेयर धेरै खरिद बिक्री हुने स्टक बन्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्य रह्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार