सर्पले डस्दा छोरीको मृत्यु, आमा अस्पतालमा

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १० : २७
सर्पले डस्दा छोरीको मृत्यु, आमा अस्पतालमा

कञ्चनपुर । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो । उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस