काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पु¥याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।
नियम पालना गराउँदा मन्त्रीले शक्तिको आडमा गुरुङलाई थुनाउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको र मन्त्रीले थुनाउन लागेका आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
आइजिपीलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचारमा संलग्न जो–सुकैलाई पक्राउ गर्नू
विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन
अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन
आदेश होइन कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन
दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन