एन्जिलाले साफमा नेपालको कप्तानी गर्ने

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १४ : २८
एन्जिलाले साफमा नेपालको कप्तानी गर्ने

काठमाडौं । मंगलबारबाट महिला साफ च्याम्पियनसिप सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ ।च्याम्पियनसिपको उपाधि दावेदार नेपाली महिला फुटबल टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रि(म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ । यस्तै, अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपको फाइनल खेल असोज ३ गते हुनेछ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस