काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै राप्रपाको जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु पनि जारी रहेको प्रशिक्षण विभाग सदस्य सचिव दीनेशकुमार कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग