काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै राप्रपाको जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु पनि जारी रहेको प्रशिक्षण विभाग सदस्य सचिव दीनेशकुमार कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने