काठमाडौं । नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
थारूसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्तालाई शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन्। सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा माओवादी पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।
बूढीगंगा गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएका थारू कांग्रेसका जितनारायण थापा मगरसँग पराजित भएका थिए। मगरले ८ हजार २९९ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८८० मत ल्याएका थिए। नवप्रवेसीलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डले आश्वासन दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै