कोरोना अपडेट : थप २५७ जनामा संक्रमण पुष्टि, २३२ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १८ : ०८
कोरोना अपडेट : थप २५७ जनामा संक्रमण पुष्टि, २३२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट  १४३ तथा एन्टिजेन विधिबाट ११४ जनामा गरी २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।