काठमाडौं । झापामा श्रीमानले छुरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।
झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा प्रहार गरी हत्या गरेका हुन्।
स्थानीयका अनुसार मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेका हुन्। छुरा प्रहार गरी फरार भएका नाइके हस्तालाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण