काठमाडौँ । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ।
उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।
गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले दसैंको टिका जमरा नलगाउने
दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने