‘प्रेम गीत ३’ को ‘मायाको गाउँ’ गीत : नेपाली र हिन्दी दुई भाषामा

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १४ : ४१
‘प्रेम गीत ३’ को ‘मायाको गाउँ’ गीत : नेपाली र हिन्दी दुई भाषामा

काठमाडौं । दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ  ।

गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको प्रेम समेटिएको छ । गीत निर्माण टिमले हिन्दी भर्सनमा पनि रिलिज गरेको छ । ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ बोल राखिएको छ । भारतीय गायक जुबिन नौटियालको गीतमा स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा रुबी फुलारा र सुभाष कालेले शब्द कोरेका हुन् । 

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावाशिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ । हिन्दी भाषामा समेत डब गरिएको फिल्मका छायांकार राजेश श्रेष्ठ हुन् ।

 

प्रतिक्रिया दिनुहोस