बुटवल । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँटफाँट सहज रुपमा गर्ने नेतहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले दलहरुको सांगठनिक हैसियत र वितमा पाएको मत आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेसका लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले गठबन्धनभित्रको दलको संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदार बनाइने बताए । आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गर्दा जित्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धन एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा रहेकाले बाध्य भएर गठबन्धन बनाएको बताए । उनले देश र जनताको पक्षमा गठबन्धन नरहेको पनि जिकिर गरे । नेता श्रेष्ठले नागरिता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढवा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाए । एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले एमालेले बहुमत ल्याउने पनि जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट भएको बताए । उनले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टीभित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै गठबन्धन भित्रका दलहरुले विश्वासको वातावरण सिजर्ना गर्नुपर्ने बताए ।
साक्षात्कारमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने