काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।
उनले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आव्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ