तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-१ उपल्लोफाँटमा एक बालक चितुवाको आकमणमा परी घाइते भएका छन् । घाइते हुनेमा स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ रहेका छन् ।
स्थानीयहरूका अनुसार बुधबार साँझ साढे ६ बजे बालक सुलभलाई घरको पिँढीमै चितुवाले आक्रमण गरेको थियो । चितुवाले बालकलाई घरबाट करिब ५० मिटर टाढासम्म पुर्याएको प्रहरीले जनाएको छ ।
घाइते बालकको मोती हेल्थ क्लिनिकमा सामान्य उपचार गरी चितवन रिफर गरिएको छ । चितुवाले घाँटी, हात, ढाडमा आक्रमण गरेको र बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित