सिटिजन्स बैंकद्धारा लकर सेवा शुल्कमा विशेष छुट

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : ४२
सिटिजन्स बैंकद्धारा लकर सेवा शुल्कमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकले भाद्र महिनाभर लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस