प्रचण्डले गरे निर्वाचन क्षेत्र माडीमा विभिन्न विकास आयोजनाको उद्धघाटन तथा शिलान्यास

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : २९
प्रचण्डले गरे निर्वाचन क्षेत्र माडीमा विभिन्न विकास आयोजनाको उद्धघाटन तथा शिलान्यास

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र न ३ का प्रतिनिधी सभा सदस्य पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार आफ्नो  निर्वाचन क्षेत्र भित्र सम्पन्न भएका पुलहरू को उद्धाटन तथा रणनितिक महत्वका सडक तथा नदी तटबन्धनका आयोजनाहरूको शिलान्यास गरेका छन् । 

माडी नगरपालिका वडा न ५ र ६ जोड्ने रतनी खोला पुलको शिलान्यास पछी आयोजित सभालाई सम्बोधन गर्दै माडीलाई मणी बनाउने आफ्नो संकल्प साकार हुदै गएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष प्रचण्डले माडिको विकासले फड्को मारेको बताए ।आफूले बिगतको निर्वाचनमा भनेका रिङरोड, नदी तटबन्धन र निकुन्जको बाटोमा अन्डर पास वा ओभरपास जस्ता योजनाहरू गएको ४ बर्ष महामारिको रूपमा रहेको कोरोना र तत्कालीन प्रधानमन्त्री केपी ओलीको अवरोध रहेको बताउँदै ओलीको सत्ता बर्खास्ती संगै यो प्रकृया सुरू भएको बताए । माडीको विकासमा निकुन्ज ऐन बाधक बनेको भन्दै त्यो ऐन समय सापे़क्ष बनाउन प्रकृया अगाडी बढेको बताए । माडीको विकास र समृद्दी बिना आफूले लिएको लक्ष पुरा हुन नसक्ने बताउँदै उनले  माडी,भरतपुर चितवनलाई देशकै विकासको मोडेल बनाएर देशैभर लागुगर्ने आफ्नो संकल्प रहेको बताए ।बॉदर झुला र माडिका भूमिहिन सुकुम्वासीहरूको जग्गा नाप्ने काम ३ दिन भित्र सुरू हुने र नापजॉच सकिन्ना साथ जग्गाधनी पूर्जा वितरण गरिने बताए ।माडिमा अहिले शिक्षा, स्वास्थ्य, कृषि र बिद्धुतिकरणको क्षेत्रमा ठूलो क्रान्ती भएको बताउँदै माडिको विकास बिना चितवनको समृद्दीको सपना साकार हुन नसक्ने भन्नेमा आफू दृढ रहेको समेत बताए ।

आफ्नो निर्वाचन क्षेत्र माडी मा विकास आयोजनाहरूको उद्धाटन ,शिलान्यास अनुगमन र मतदाता भेटघाटका लागि माडी पुगेका अध्यक्ष प्रचण्डले आफू विकास समृद्धि र व्वस्थाको रक्षाका साथै राजनितिक स्थायित्वका लागि संघर्षरत रहेको भन्दै सबैलाई सोही आनुसार आगाडी बढ्न आग्रह गरेका थिए ।

निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत उनले  वरूवा बजार , भैरवपुर पर्साचोक,  वैदार सिम्रेनी,  अजिड्गरे , शहिदपुर, गंगटे रणनितिक सडक १२ किमी १९ करोड लागतको सडकको शिलानास गरेका थिए ।सो अवसरमा उनले हुलाकी राजमार्ग अन्तरगत भरतपुर माडी ठोरी खण्डको  पुल  तथा सडक स्तरोन्नति आयोजनाको उद्धाटन गरेका थिए ।डिभिजन सडक कार्यालय चितवनद्वारा संचालित यी २ आयोजनाको लागत  २५ करोड रहेको र २ बर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायी संग ठेक्का सम्झौता भएको  छ ।

माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्छुः वन मन्त्री यादव

यस्तै कार्यक्रममा वनमन्त्री प्रदिप यादबले माडीका जनताहरूको समस्य विकराल रहेको भन्दै आफू मन्त्री भएसंगै यस क्षेत्रका माननिय तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा समस्या समाधान गर्न हरदम प्रयत्न  गरिरहेको बताए । उनले भने "म वन मन्त्री हु चितवन  राष्ट्रिय निकुञ्ज हाम्रो गहना हो यसको संरक्षण संगै माडीका जनता र सबै निकुञ्ज र त्यस वरपरका नागरिकको समस्य हलगर्दै अगाडी बढ्नुको कुनै विकल्प छैन"।

मन्री यादबले भरतपुर माडी ठोरी सडकमा जहॉ जहॉ पूर्वाधार निर्माणमा समस्या छ त्यसलाई हटाउने बताए  । उनले भौतिक योजना तथा यातायात मन्त्रीलाई  सडक तथा पुल बनाउने काम सुरू गर्न निर्देशन दिए ।कसरा बाट माडी आउने जंगलको बाटोको ईआईयको पत्र ३ दिनभित्र दिने बताए । सो अवसरमा आएका सबै अवरोधहरू नितिगत निर्णयगरेर १५ दिन भित्र हल हुने बताए । उनले  माडी ठोरीको समस्या सधैका लागि हल हुने बताए ।वन मन्त्रालय विकासमा सहजिकरण गर्दै निकुञ्जको संरक्षण गर्ने नितिमा रहेको समेत बताए ।

सो अवसरमा भौतिक योजना तथा यातायात मन्त्री  राईले बितेको ५ बर्ष अगाडी आउदा आफूले देखेको माडी र आज आउदा देखेको माडीमा आमूल परिवर्तन भएको बताए । ७ सय ५३ पालिका मध्य भरतपुर र माडी सबै भन्दा बढी विकास आफूले देखेको बताउँदै यो परिवर्तन यस क्षेत्रका संसद तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रहेको समेत बताए । मन्त्री राईले वन मन्त्रीले आफूलाईभने बमोजिमनै विकास निर्माणको काम संगसंगै हुने बताए ।१ र२ हप्तामै नारायणी नदीको पुल पनि शिलान्यास गर्ने कार्यक्रम रहेको समेत बताए ।चितवनवासी, भरतपुरवासी , माडीवासी प्रचण्डले  जस्तो राष्टिय राजनेता पाउनु भाग्यको कुरा भएको बताउँदै यस क्षेत्रको समृद्दी प्रचण्डकै पहलकदमिमा हुने समेत बताए ।सो अवसरमा निर्वाचनमा व्यवस्था विरोधिहरुको पहिचान गरि मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा माडी नगरपालिकाकी प्रमुख तारा काजी महतोले माडीमा बितेको ५ बर्षमा विकासको तिब्र काम भएको भन्दै संचालित कामहरू समयमै सम्पन्न हुँदा माडीमा ठूलो  परिवर्तन आउने बताए । सो अवसरमा प्रमुख चौधरिले राष्ट्रिय निकुञ्जका कारण माडीमा समस्य अझै रहेको बताईन् । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा माडी नगरपालिकाका पूर्व मेयर ठाकुर ढकाल, नेकपा समाजवादिका नेता नारदमणि पौडेल , नेपाली कांग्रेसका नेता तथा माडी नगरपालिकाका उप मेयर खेम प्रसाद महतो लगायतले माडिको विकास र समृद्दिको बारेमा आ(आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस