काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाणका पीएसओ टंक कार्कीमाथि छानबिन थालेको जनाएको छ । सञ्चारमाध्यममा उनको अनुचित कार्यबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो सम्बन्धमा सई टंक कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले जानकारी दिए । सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङको एक्सन : झापामा डीएसपीको मोबाइल खोसियो, सीडीओसमेत अनुसन्धानको दायरामा !
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ