काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाणका पीएसओ टंक कार्कीमाथि छानबिन थालेको जनाएको छ । सञ्चारमाध्यममा उनको अनुचित कार्यबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो सम्बन्धमा सई टंक कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले जानकारी दिए । सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो