काठमाडौं । सर्वोच्च अदालते कर्मचारी समायोजन मुद्दामा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला मंगलबार फैसला सुनाएको हो।
९८ थान रिटमध्ये सर्वोच्चले १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरेको छ । सरकारले निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सेवामा समायोजन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाएको थियो।
अब रिट खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ भने रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ